जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • २७ मिनेटutes अगाडि
  • होमपेज
  • एफ–वान सफ्टको खाताबाट साढे ३ करोड ‘गायब’, २४ जनाविरूद्ध मुद्दा दर्ता

एफ–वान सफ्टको खाताबाट साढे ३ करोड ‘गायब’, २४ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं। आईटी कम्पनी एफ–वान सफ्ट इन्टरनेशनल प्रालिको बैंक खाताबाट रकम ठगी गरेको कसुरमा २४ जनाविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार २४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

२४ मध्ये ९ जना मात्रै प्रहरीको नियन्त्रणमा छन्। उनीहरूमध्ये केहीबाहेक १८ देखि २४ वर्ष उमेर समूहका छन्। त्यसबाहेक १५ जना भने फरार छन्। एफ–वान इन्टरनेशनल प्रालि कम्पनिबाट कसैको जानकारीबिना गत अक्टोबर १ देखि अक्टोबर ४ सम्म पटक–पटक गरी ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ झिकिएको थियो।

‘अनाधिकृत’ रूपमा खाताबाट निकालिएको भन्दै कम्पनीको तर्फबाट धीरजकुमार भुजेलले जाहेरी दिएका थिए। उनले प्रहरीको साइबर ब्युरोमा विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जाहेरी दिएका थिए। सरकारी वकिलको अभियोग पत्रमा कसरी अनाधिकृत रूपमा पहुँच पु¥याएर रकम झिकिएको भन्ने खुलेको छैन।

साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार कुनै तरिकाले एड्मिन र पासवर्ड पाएर पैसा झिकिएको हो।‘कम्पनीको खाता सिटिजन बैंकमा रहेछ। कसैले एड्मिन र पासवर्ड कुनै तरिकाले पाएको देखिन्छ,’ उनले भने, ‘यसमा अझै पनि अनुसन्धान भइरहेकै छ, कहाँबाट कसरी एक्सपोज भएको भन्ने अहिले नै खुलाइसकेका छैनौं।’

रकम ट्रान्सफर गर्न बारम्बार प्रयोग नहुने खालको युजरबाट भएको प्रहरीको भनाइ छ। अहिले प्रतिवादी बनाइएकाहरू पनि रकम ट्रान्सफर गर्नका लागि खाता प्रयोग भएको देखिएको उनले बताए। ‘अहिले पक्राउ परेका प्राविधिबारे धेरै ज्ञान भएका व्यक्ति छैन। खाता प्रयोग भएका मानिसहरू नै छन्,’ उनले भने।

१२ कक्षा पढ्ने विद्यार्थीदेखि पसलमा काम गर्नेसम्म प्रतिवादी
मुद्दा दायर गर्दा बनाइएका प्रतिवादी अधिकांश १८ देखि २४ वर्ष उमेर समूहका छन्। उनीहरूको खाता प्रयोग गरिएको देखिएको हो।

ललितपुरका ४० वर्षीय त्रिगुण रत्न बज्राचार्य, सिरहाका २० वर्षीय राहुल ठाकुर, १९ वर्षीय पुरूषोत्तम साह, सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, ३१ वर्षीय संजिब कुमार शर्मा र उदयपुरका कमल थापा मगर छन्।

त्‍यस्तै उदयपुरकै दीपक थापा मगर, सुनसरीका २४ वर्षीय सन्देश राई र सुनसरीकै सागरकुमार साहलाई प्रतिवादी बनाइएको हो।अन्य सबै जना फरार भनिएको छ।

राहुल ठाकुर गोलबजार १० डण्डाटोलमा आफ्नो बुवाको फलामको ओजार बनाउने पसलमा काम गर्छन्। तीन महिनाअघि उनलाई आफ्ना साथी पुरूषोत्तमले विदेशबाट बुवाले पैसा पठाउन लागेको हुँदा राहुलको नाममा बैंक खाता खोल्न मागेका थिए।

पुरूषोत्तमले भनेपछि उनले बैंक खाता र मोबाइल बैंकिङ खोलेका थिए। मोबाइल बैंकिङ खाता भने पुरूषोत्तमले दिएको नम्बरअनुसार चलाएका थिए।

त्यसरी नै अरू दुई वटा खाता खोल्न लगाएर प्रयोग गर्न दिएको अभियोग पत्रमा उल्लेख छ। राहुलले प्रहरीलाई दिएको बयानमा आफूले कुनै रकम नपाएको भनेका छन्। तर उनको खातामा पटक–पटक गरी आठ लाख ४५ रुपैयाँ जम्मा भएको अनुसन्धानमा देखिएको हो।

पुरूषोत्तमले पनि प्रहरीलाई दिएको बयानमा आफ्ना अर्का साथी अविनाशले सेयर कारोबार गर्नका लागि बैंक खाता चाहिएको भन्दै माग गरेको बताएका छन्। अविनाश भने फरार छन्। पुरूषोत्तम भने कक्षा १२ मा पढिरहेका विद्यार्थी हुन्।

अन्यलाई भने जागिर दिने प्रलोभनमा पारेको पनि देखिएको छ। जागिरकै नाममा बैंक खाता प्रयोग गरी एकबाट अर्को खातामा रकमान्तर गरेको देखिएको हो।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार ठगी गर्न नहुने कसुरमा सजायको मागदाबी गरेको छ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका