
नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो’, अधिकारीले भने ।