
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यानलस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने छ । सचिवालयका एक नेताका अनुसार आजको बैठकबारे एजेन्डा पूर्व जानकारी छैन । ती नेताले भने, ‘विकसित घटनाक्रमको विषयमा कुरा हुने भनिएको छ । सडकमा देखिएको शक्तिहरूको विषयमा पनि छलफल होला ।’ पछिल्लो समय राजावादी शक्तिहरू सडकमा निस्किएपछि गणतन्त्रवादी शक्तिहरू एक हुने कुरा उठिरहेको छ । यता प्रतिपक्षीमा रहेको समाजवादी मोर्चाले चैत १५ गते सडक आन्दोलन गर्ने घोषणा गरिरहेको छ ।