
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। ।