
१९ औं एशियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।
यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो।
नेपालले हालै मात्र एशिया कपमा भारतसँग खेलेको थियो।
प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वार्टरफाइनलमा स्थान दिइएको थियो।