
चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक पक्का गरेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङ ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै रजत पदक पक्का भएको हो ।
हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले होलाई ८–४ को अन्तरमा हराइन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्नेछिन ।यसअघि महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितेको थियो ।