
काठमाडौँ । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो । परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।