
काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् ।
एसियाड गेम्समा भाग लिन आइतबार चीन जानुअघि काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सो कुरा बताएका हुन् ।
उनले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनको भनाइ छ ।
एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको उल्लेख गर्दै उनले आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए ।