
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।
कर्णालीका लागि विलियम वसिस्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ तथा बाबर हयातले २० र चाडविक वाल्टनले १३ रनको पारी खेले ।
बलिङतर्फ लुम्बिनीका विकास आग्रीले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा रोहित पौडेल, साद बिन जाफर र रामोन सिमोन्ड्सले समान एक विकेट लिए ।