
काठमाडौं। नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी नगर, ललितपुरमा हुने यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने विश्वास लिएर कार्यक्रम सन्चालना गरिएको आयोजकले जानकारी दिए ।
सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरूबिच छलफल गरिएको छ ।
उक्त सम्मेलनको समुद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।