
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरेका छन्।
कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधार ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ।
व्यापारिक पृष्ठभूमिका श्रेष्ठ गत प्रतिनिधि सभाको निर्वाचन चितवन २ बाट पराजित भएका थिए।