
काठमाडौं । काठमाडौं उपत्यका लगायत पुर्वी क्षेत्र वा भनौँ गण्डकदेखी पुर्वी नेपालमा वर्षा नभएको १ सय दिन नाघेको छ ।
यसपालिको हिउँदमा अघिल्ला वर्षजस्तो पानी पनि नपरेको र हिउँ समेत नपरेका कारण हिमालको हिँउ समेत पग्लिने क्रम देखिएको मौमसविद् उज्ज्वल उपाध्यायले जानकारी दिए ।
उनका अनुसार आगामी सोमबार डोल्पा, हुम्ला, जुम्ला, मुगु, मुस्ताङ र मनाङको उपल्लो क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेपनि बाँकी भूभागमा अझै पनि कम्तिमा एक साता वर्षाको सम्भावना छैन ।