काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो ।