जोडिनुहोस
  • होमपेज
  • कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा

कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएको छ । नागरिक समाजले गरेको आन्दोलनमा रास्वपा सांसदहरू पनि मिसिएका हुन् ।

नयाँ बानेश्वरमा भएको प्रदर्शनमा रास्वपा सांसद सुमना श्रेष्ठ पुगिसकेकी छन् । उनी नागरिक समाजको आन्दोलनमा मिसिएकी हुन् । यस्तै सांसद गणेश पराजुली पनि आन्दोलनमा समर्थन जनाउन जाँदै गरेको बताए ।

‘हामी पनि नागरिक समाजको आन्दोलनमा समर्थन जनाउन जाँदै छौँ ।’ पराजुलीले खबरहबलाई भने, ‘सुमना मान्य र अन्य नेताहरू पुगिसक्नु भएको छ ।’

घिसिङलाई सरकारले सोमबार बर्खास्त गर्ने निर्णय गरेको थियो । यसको विरोधमा अहिले सडकमा विभिन्न दलका भातृ सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका