जोडिनुहोस
  • होमपेज
  • केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव स्थगित

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी परेको थियो । संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए । बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भए पनि बिहीबार मात्रै म्याद सूचना प्राप्त भएको त्रिविको विज्ञप्तिमा उल्लेख छ । बिहीबार नै अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले १० चैतमा अन्तरिम आदेशको म्याद तोकिएको छ ।अन्तरिम आदेशबाट छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित हुने विज्ञप्तिमा उल्लेख छ ।

धेरै टिप्पणी गरिएका