
काठमाडौँ— काठमाडौँको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे ज्यान गएको हो।