जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशसभा ; विधेयक पेस

देश

कोशी प्रदेशसभा ; विधेयक पेस

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन १८, २०८१
कोशी प्रदेशसभा ; विधेयक पेस

कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गरे । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो ।

मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटिलाई सच्याउन र विपद्का कारण क्षति भएको संरचनालाई पुनः निर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।

कोशी प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू विनोद राई, गोविन्द गिरी, गणेशप्रसाद उप्रेती, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

धेरै टिप्पणी गरिएका