जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • कोसी ब्यारेजका सबै ढोका खोलियो

कोसी ब्यारेजका सबै ढोका खोलियो

विराटनगर । पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च तहमा पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका एसपी नवीनकृष्ण भण्डारीले बहाव उच्च भएकोले सबै ५६ वटा ढोका खुला गरिएको बताए । नदीमा तीन लाख ६८ हजार क्युसेक पानी बहाव रहेको जनाइएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्युसेक छ । आइतबार बिहान तीन लाख ४२ हजार क्युसेक पानीको बहाव थियो ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने रातो झन्डा फहराइएका छन् ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आग्रह गरे ।

धेरै टिप्पणी गरिएका