जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४९ मिनेटutes अगाडि
  • होमपेज
  • आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

स्वास्थ्य/जीवनशैली

आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख १२, २०८०
आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं- आज विश्व मलेरिया दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समय: लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरि मनाइँदैछ ।

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औलो) दिवस मनाइदै छ।

नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन्।

यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्र्याइँका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरूप घट्न भने सकेको छैन । यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।

हरेक डिसेम्बरमा  मलेरिया पीडितहरूको बारेमा रिर्पोट सार्वजनिक गरिदै आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने । २०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएका थिए  । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया (औंलोंं) भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५  प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियाबाट मृत्यु हुनेमा धेरै जसो अर्थात ८० प्रतिशत संक्रमित ५ वर्ष मुनिका बालबालिका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका