जोडिनुहोस
  • होमपेज
  • गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि

गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलको ज्यान गएको पुष्टि भएको छ । हमासका एक अधिकारीले आफ्ना शीर्ष नेता बर्दाविलको ज्यान गएको बताएका बीबीसीले जनाएको छ ।

हवाई आक्रमणमा हमास लडाकु समूहको राजनीतिक कार्यालयका सदस्य बर्दाविल र उनकी श्रीमती दुवैको ज्यान गएको स्थानियबासिन्दाले बताएका छन् । यसबारेमा इजरायलले कुनै धारणा सार्वजनिक गरेको छैन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका विभिन्न भागमा पछिल्लो २४ घण्टामा ३२ जना प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले गएको मंगलवार गाजा ठूलो आक्रमण गरेको थियो । युद्धविराम सम्झौता त्यागेर आक्रमण थालेपछि झन्डै दुई महिनाको शान्ति प्रकृया बिथोलिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका