जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • गुठी संस्थानविरुद्ध मोही किसानहरूको विरोध प्रदर्शन

गुठी संस्थानविरुद्ध मोही किसानहरूको विरोध प्रदर्शन

काठमाडौं। स्वर्णद्वारी गुठीका मोही किसानहरू विरोधमा उत्रिएका छन् ।

गुठी संस्थानले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

उनीहरूले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारको लागि आन्दोलित भएको बताएका छन् ।

गुठी संस्थान (२०२१) ऐनअनुसार आफ्नो मोही हक प्रमाणित गरी जमिन नामसारी गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

२०७५ सालदेखि नै स्वर्णद्वारी गुठीका मोही किसानहरूले यसको विरोध गर्दै आएका थिए ।

गत साउन २ गते पनि उनीहरूले सरकारसँग भएको वार्ता गरेका थिए । तर वार्ता निष्कर्षविहीन भएपछि सङ्घर्षलाई अझ तीव्र बनाउने चेतावनी दिएका थिए ।

आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

हाल १२ वटा गाउँका १६ हजार किसानहरूसँग १९ हजार ४१० रोपनी जमिनको मोही हक रहेको छ ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?