जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लेखकलगायत उच्च पदस्थ अधिकारीहरू क्षतिग्रस्त क्षेत्रमा (तस्बिरहरू)

गृहमन्त्री लेखकलगायत उच्च पदस्थ अधिकारीहरू क्षतिग्रस्त क्षेत्रमा (तस्बिरहरू)

काठमाडौँ- शुक्रबार भएको राजावादीहरूको आन्दोलनका क्रममा भएका झडप र क्षतिबारे बुझ्न गृहमन्त्री रमेश लेखक शनिवार अनुगमनमा निस्केका छन्।

प्रदर्शनमा आन्दोलनकारीले गरेको तोडफोड तथा आगजानीका साथै अन्य क्षति पुगेको क्षेत्रहरूमा गृहमन्त्री लेखकसहित, गृह सचिव, काठमाडौँका सीडीओ, पर्यटन मन्त्री, सुरक्षा निकायका प्रमुखहरू लगायतले निरीक्षण गरेका हुन्।

उनीहरू तीनकुने क्षेत्र, जडीबुटी, भाटभटेनी सुपरमार्केट, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, कान्तिपुर टेलिभिजनलगायत स्थानमा पुगेका छन्।

उनीहरूले भाटभटेनी सुपरमार्केटका सेक्युरिटी गार्डलाई कर्तव्य पालना गरेको भन्दै स्याबासी पनि दिएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका