जोडिनुहोस
  • होमपेज
  • चीनः युनानमा चर्चका पास्टर वान चाङचुन पक्राउ

अन्तर्राष्ट्रिय

चीनः युनानमा चर्चका पास्टर वान चाङचुन पक्राउ

  • Sagarmatha TV
  • बिहिबार, बैशाख १४, २०८०
चीनः युनानमा चर्चका पास्टर वान चाङचुन पक्राउ

बेइजिङ— चीनका चर्चित चर्चका पास्टर वान चाङचुनलाई यस महिनाको सुरुमा युनान प्रान्तको लिजियाङ क्षेत्रमा यात्रा गर्दागर्दै पक्राउ परेका छन्।

उनलाई आन्हुई प्रान्तको बेङ्बुको गृहनगरको जेलमा थुनिएको छ, बिटर विन्टरले उनका सहकर्मीहरूले दिएको जानकारीलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

वान चाङचुन बेङ्बुको लिभिङ स्टोन रिफर्म्ड चर्चका पास्टर हुन्।

समाचार अनुसार पास्टर वान चाङचुनकी श्रीमती र धेरै एल्डरहरू र लिभिङ स्टोन रिफर्म्ड चर्चका सहकर्मीहरूलाई सोधपुछको लागि प्रहरी स्टेशनमा लगिएको थियो भने सोधपुछ पछि छोडिएको थियो ।

चर्चको बैंक खाता बन्द गरिएको थियो जबकि पास्टर वानको घरमा प्रहरीले अप्रिल १२मा छापा मारेको थियो।

बिटर विन्टर अनुसार धार्मिक वस्तु र कागजातहरू जफत गरियो।

समाचार अनुसार वाङलाई अवैध व्यापार गरेको आरोपमा हिरासतमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14