
काठमाडौं । भारतको नयाँ विदेश सचिव विक्रम मिश्री भएका छन् । उनले सोमबारबाट विदेश सचिवको जिम्मेवारी सम्हालेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जालमा एक्समार्फत जानकारी दिएका छन् ।
मिश्री एक अनुभवी कूटनीतिज्ञ र चीन विज्ञका रूपमा भारतमा चिनिन्छन् । उनी विनय मोहन क्वात्राको उत्तराधिकारी बनेका हुन् । भारतको चीनसँग तनावपूर्ण सम्बन्ध र विदेश नीतिमा चुनौतीहरूको सामना गरिरहेका बेला मिश्रीले विदेश सचिवको जिम्मेवारी लिएका हुन् । उनीसँग यसअघि चीन, स्पेन र म्यानमारका लागि भारतको राजदूतको रूपमा काम गरिसकेको अनुभव छ ।
गलवान उपत्यकामा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएपछि भारत–चीन वार्तामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।