जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • च्याम्पियन्स ट्रफीमा चम्किन सक्ने ५ जना ब्याटर

च्याम्पियन्स ट्रफीमा चम्किन सक्ने ५ जना ब्याटर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पर्सि बुधवारदेखि शुरू हुने च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ । एकदिवसीय फम्र्याटमा विश्वकपपछिको प्रतिष्ठित प्रतियोगिताका लागि आईसीसीले सार्वजनिक गरेको सूचीमा पाकिस्तानका फखर जमान, न्युजिल्यान्डका ड्यारेल मिचेल, दक्षिण अफ्रिकाका हेनरिच क्लासेन, भारतका श्रेयस अय्यर र इङ्गल्यान्डका बेन डकेट परेका छन् ।

फखर जमानले ८५ एकदिवसीय क्रिकेटमा ४६.५० को औसतमा ११ शतक र १७ अर्धशतकसहित ३ हजार ६२७ रन बनाएका छन् । फखरलाई सईद अनवरपछि पाकिस्तानको सीमित ओभरको उत्कृष्ट ओपनर मानिन्छ । फखरसँग केही क्षणमै खेललाई परिवर्तन गर्न सक्ने क्षमता छ ।

ड्यारेल मिचेलले ४५ एकदिवसीय क्रिकेटमा ५०.४२ को औसतमा ६ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ६५ रन बनाएका छन् । न्युजिल्यान्डले मिचेलबाट धेरै अपेक्षा गर्नेछ, न्युजिल्यान्डले सन् २००० पछि पहिलो पटक च्याम्पियन्स ट्रफी जित्ने तयारी गरेको छ ।

हेनरिच क्लासेनले ५८ एकदिवसीय क्रिकेटमा ४४।१२ को औसतमा ४ शतक र १० अर्धशतकसहित २ हजार ७४ रन बनाएका छन् । मध्यक्रमका ब्याटर क्लासेनसँग थोरै समयमा नै आक्रमक खेल प्रदर्शन गरेर रन जोड्ने क्षमता छ । क्लासेनले विकेटकीपरको भूमिका पनि राम्रोसँग निभाउने क्षमता राख्छन् ।

श्रेयस अय्यरले ६५ खेलमा ४८.१८ को औसतमा ५ शतक र २० अर्धशतकसहित २ हजार ६ सय २ रन बनाएका छन् । पछिल्लो समय अय्यरमाथि भारतीय टोलीको निर्भरता बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा उनले मध्यक्रममा परिपक्व उपस्थिति देखाइरहेका छन्, उनको प्रदर्शनले शीर्षक्रमका ब्याटरलाई दबाव दिइरहेको छ ।

बेन डकेटले १९ खेलमा ४६.१६ को औसतमा २ शतक र ६ अर्धशतकसहित ८ सय ३१ रन बनाएका छन् । डकेटसँग राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्ने क्षमता छ । ओपनिङ ब्याटर डकेट शुरूदेखि नै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका