
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइको व्यवस्था मिलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन् ।
मन्त्री पुनले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन गरिएको बताए ।