
काठमाडौँ— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदैछन्।
भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लागेको नेता खनालले बताए। भारत जान लाग्नु भएको हो भन्ने थाहाखबरको प्रश्नमा नेता खनालले भने, ‘कम्युनिष्ट पार्टीको सम्मेलनको निमन्त्रणा स्वीकार गर्दै त्यसतर्फ जान लागेको हुँ’।
उनले आज विहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेको बताए। सो क्रममा भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।