जोडिनुहोस
  • होमपेज
  • टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा

टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा

सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल हुन लागेको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ । सत्ता साझेदार दलका नेतृत्वसँगको छलफलअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका