जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५१ मिनेटutes अगाडि
  • होमपेज
  • ट्रम्पका कार्यकारी आदेशः जन्मसिद्ध नागरिकता खारेजीदेखि मृत्युदण्डको पुनःबहालीसम्म

ट्रम्पका कार्यकारी आदेशः जन्मसिद्ध नागरिकता खारेजीदेखि मृत्युदण्डको पुनःबहालीसम्म

काठमाडौं। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरूआत गरेका छन् । राष्ट्रपतिको पद सम्हाले लगत्तै ट्रम्पले थुप्रै कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

सर्वप्रथम उनले अमेरिकी बर्हिगमित राष्ट्रपति जो बाइडनले जारी गरेका ७८ वटा कार्यकारी आदेशलाई खारेज गरेका छन् ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ क्यापिटल हिल दंगामा सामेल एक हजार ६ सय जनाको सजाय माफ गर्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् । सन् २०२१ को राष्ट्रपतिको चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए । त्यस बेलादेखि उनीहरू जेल सजाय भोग्दै आएका थिए । तर, ट्रम्पको हस्ताक्षरसँगै यस मामिलामा जेलमा रहेकाहरू सोमबार रातिसम्ममा रिहा हुने बताइएको छ ।

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग राख्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरे । यस्तै अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अगल राख्ने आदेश जारी गरेको बीबीसीले जनाएको छ ।

विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने योजना रद्द गर्नेदेखि टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नेसम्मको कार्यकारी आदेश उहाँले आज जारी गरेका छन् । आदेश अनुसार टिकटक थप ७५ दिनसम्म अमेरिकामा चल्ने बताइएको छ । यस्तै ‘महिलाहरूलाई लैंगिक विचारधाराबाट बचाउने’ र ‘संघीय सरकारलाई जैविक सत्य पुनःस्थापित गर्ने’ विषयमा समेत ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन्।

मेक्सिकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा पनि ट्रम्पले हस्ताक्षर गरे । ‘मेक्सिको खाडी’लाई ‘अमेरिकी खाडी’ नामाकरण गर्ने आदेश समेत ट्रम्पले जारी गरेका छन् ।

ट्रम्पले अवैध आप्रवासीबाट जन्मेका बालबालिकालाई अमेरिकाले प्रदान गर्दै आएको जन्मसिद्ध नागरिकता खारेज गर्ने सम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नुभएको दि गार्जियनले जनाएको छ ।

चुनावमा भएका हस्तक्षेपका लागि पूर्व सरकारी अधिकारीहरूलाई जवाफदेही बनाउनेदेखि अभिव्यक्ति स्वतन्त्रतालाई कार्यान्वयनमा ल्याउन संघीय सरकारलाई निर्देशन दिने आदेश पनि उहाँले दिएका छन् ।

ट्रम्पले निष्पक्ष न्याय सुनिश्चित गर्ने र अमेरिकामा मृत्युदण्डलाई पुनःबहाली गर्ने भएका छन् । यस्तै सबै प्रकारका सेन्सरशिप अन्त्य र अमेरिकाको सार्वभौमिकता कायम राख्ने विषयमा समेत उहाँले कार्यकारी आदेश जारी गरेक छन् ।

महँगी नियन्त्रण गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिने, मेक्सिकोको सिमानामा पर्खाल बनाइने, पानामा नहरलाई फिर्ता लिइने, लागूऔषध कारोबारीलाई आतंककारी घोषणा गर्ने र तेस्रो लिंगीलाई उन्मूलन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गर्नुभएको छ । तेस्रो लिंगी उन्मूलनको अर्थ हो– अमेरिकामा अब महिला र पुरुष गरी दुई लिंगलाई मात्र मान्यता हुनेछ ।

कार्यकारी आदेश राष्ट्रपतिद्वारा संघीय सरकारका नाममा जारी गरिएका आदेशहरू हुन् जसलाई संसद्को अनुमोदनको आवश्यकता पर्दैन । अर्को शब्दमा भन्नुपर्दा कार्यकारी आदेश सांसदहरूको मतदान विना नै राष्ट्रपतिले आफूले चाहेको नीतिगत परिवर्तन कार्यान्वयनमा ल्याउन सक्ने शस्त्रहरू हुन् । यद्यपि यी कार्यकारी आदेशहरू कानुनको दायराभित्र रहनुपर्ने भने हुन्छ र यसलाई अदालतले चुनौती पनि दिन सक्छ ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका