
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।