
काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको आशंकापछि १० जना गोताखोर उद्धारका लागि परिचालन भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।