जोडिनुहोस
  • होमपेज
  • तारिख बुझ्न रवि लामिछाने कास्कीमा

तारिख बुझ्न रवि लामिछाने कास्कीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की पुगेका छन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि सोमबार रूपन्देहीमा पनि जाने छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।

सहकारी प्रकरणमा कास्की, रूपन्देही, चितवन र काठमाडौंमा मुद्दा खेपिरहेका लामिछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन् ।

धेरै टिप्पणी गरिएका