जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३५ मिनेटutes अगाडि
  • होमपेज
  • तिब्बत भूकम्पः हालसम्म १२६ को मृत्यु, १ सय ८८ घाइते

तिब्बत भूकम्पः हालसम्म १२६ को मृत्यु, १ सय ८८ घाइते

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् ।

चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।

नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको उद्गम बिन्दु जमिनको सतहदेखि १० किलोमिटर तल रहेको थियो । भूकम्प गएको क्षेत्र नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा भूकम्पको क्षमता ५.३ म्याग्निच्युड मापन गरिएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।

नेपालबाट भूकम्पको केन्द्रबिन्दु ९३ किलोमिटर टाढा पर्छ । भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । भूकम्पको धक्का नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो । भूकम्पले पूर्वी नेपालका केही जिल्लाहरूमा समेत सामान्य क्षति पु¥याएको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पले ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा केही घरमा क्षति पुगेको छ । भूकम्पको धक्का भारत र भुटानमा समेत महसुस गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगाल, असम, बिहार र दिल्लीसहित उत्तरी क्षेत्रमा पनि महसुस भएको जनाएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दु ५ किलोमिटर आसपासमा ७ वटा गाउँ छन् । त्यस्तै, केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा दुई सहर छन् । भूकम्पका कारण सयौं घरहरू भत्किएका भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन् ।

भूकम्पका कारण तिब्बतको सिगात्से शहरमा मात्रै हजारभन्दा बढी भवन भत्किएको जनाइएको छ । करिब ८ लाख जनसंख्या रहेको सिगात्से तिब्बती बौद्धधर्म गुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो । उनी तिब्बती बौद्धधर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् । बीबीसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ । चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र सगरमाथा नजिकैको दुर्गम क्षेत्रमा मानवरहित ड्रोनलाई परिचालित गरेको जनाएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडिओमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी कार्य गरिरहेका र प्रभावित मानिसहरूलाई कठ्यांग्रिने जाडोबाट जोगाउन कम्बल वितरण गरिरहेको देखिन्छ ।

चीनको जलवायु प्रशासनका अनुसार डिंग्र्री काउन्टीको हालको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । रातको समयमा तापक्रम माइनस १८ सम्म झर्ने जनाइएको छ ।

лªÉçÕÕƬ£¬À­Èø£¬2025Äê1ÔÂ7ÈÕ
1ÔÂ7ÈÕ£¬¾ÈÔ®ÈËÔ±ÔÚ¶¨ÈÕÏØÔú´åתÒÆÉËÔ±¡£
¼ÇÕß´ÓÎ÷²Ø×ÔÖÎÇø¿¹Õð¾ÈÔÖÖ¸»Ó²¿»ñϤ£¬½ØÖÁ1ÔÂ7ÈÕ12ʱ30·Ö£¬ÈÕ¿¦ÔòÊж¨ÈÕÏصØÕðÒÑÔì³É53ÈËÓöÄÑ¡¢62ÈËÊÜÉË¡£Ä¿Ç°£¬Î÷²Ø×ÔÖÎÇøÒÑÆô¶¯¶þ¼¶ÏìÓ¦¡£
µ±ÈÕ9ʱ5·Ö£¬Î÷²Ø×ÔÖÎÇøÈÕ¿¦ÔòÊж¨ÈÕÏØ·¢Éú6.8¼¶µØÕð£¬ÕðÖÐλÓÚ¶¨ÈÕÏØ´ë¹ûÏ磬ÕðÖÐ20¹«ÀﷶΧÄÚÈË¿ÚÊýÔ¼6900ÈË£¬ÕðÖÐ20¹«ÀﷶΧÄÚÓÐ3¸öÏ磨Õò¡¢½ÖµÀ£©×¤µØ¡¢27¸ö´å¡£
лªÉç·¢

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका