
काठमाडौँ– राजतन्त्रको पक्षमा उत्रिएका प्रदर्शनकारीहरूले तीनकुने नजिकै रहेको नेकपा एकीकृत समाजवादी पार्टी कर्यालयमा तोडफोड गर्दै पार्टी कार्यलायभित्रै छिरहेका छन्।
कार्यालयभित्र छिरेर उनीहरूले भित्रका सामानहरू बाहिर फालेका छन्। साथै उनीहरूले कार्यालय अगाडि आगजनी गरेका छन्। तीनकुनेमा प्रहरीसँग झडप भएपछि प्रदर्शनकारीहरू तितरवितर भएका छन्।