
काठमाडौँ । यो वर्षको मनसुन आइतबारदेखि नेपालको कर्णाली प्रदेशको अधिकांश भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू–भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो ।
अहिले नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।