
काठमाडौं। दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए ।
स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए । गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरे ।