
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्वपूर्ण भएको बताएको छ।
युनेस्कोको सामाजिक तथा मानव विज्ञानका सहायक महानिर्देशक गेब्रिएला रामोसले भिडियो सन्देशमार्फत उक्त टिप्पणी गरेका हुन्। उनले जलवायु परिवर्तन, महामारी, द्वन्द्व र बढ्दो सामाजिक र आर्थिक असमानता जस्ता विश्वव्यापी चुनौतीहरू विद्यमान रहेको भन्दै यी समस्या समाधानका आवश्यक पहल गर्नुपर्ने बताए।
अन्तरसांस्कृतिक संवाद दिगो भविष्यको लागि महत्वपूर्ण रहेको र एकअर्कालाई बुझ्ने, सहयोग गर्ने र विश्वास विकास गर्ने माध्यम हुने पनि बताए। अन्तरसांस्कृतिक संवादलाई चम्काउनको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताए। संयुक्त राष्ट्र संघको ७८औँ महासभाको शुक्रबारको बैठकले अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाउन चीनले प्रस्ताव गरेको प्रश्तावलाई सर्वसम्मतिले पारित गरेको छ।