जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आइतबार ३ दिन म्याद थप भएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्युरोले अनुसन्धान गरिरहेको छ। यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

विभिन्न व्यवसायीहरूलाई धम्क्याएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ।

अहिले साइबर ब्युरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ।

धेरै टिप्पणी गरिएका