
काठमाडौं।नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव छ। स्थानीय वायु सक्रिय रहँदा मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रह्को छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै रातको समयमा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित(आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।