जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

दैलेखमा रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जिल्लाको भैरवी गाउँपालिका–५, ढाडगाँउ स्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरूको रुख ढाल्ने क्रममा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए । प्रहरी प्रमुख दाहालका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका