
काठमाडौँ । पाँच दिनको लगातार गिरावट पछि सोमबार ५ अंकले बढेको सेयर बजारमा पुनः गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २८.५९ अंकले घट्दै २ हजार ७७.५८ अंकको विन्दुमा ओर्लिएको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.१३ अंकले घट्दै ३९६.७२ अंकको विन्दुमा झरेको छ ।
आज २८ अंकले घटेको बजारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ ।
म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएको छ । म्युचुअल फन्डको उपसूचक ०.३५ प्रतिशतले बढेको छ ।
आज सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।