
काठमाडौं । कैलालीमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३, रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय मोहनसिंह धामीसहितका व्यक्ति छन् । शनिबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।
नगद ६५ हजार ५०५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।