जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाजमाअचानक समस्या आएपछि काठमाडौं फर्किएको छ । उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो ।

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो ।

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो ।

विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको उनले बताए ।

जहाजमा करिब ८० जना यात्रु रहेको र ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका