
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन् ।
उनले भनेका छन्, “धरहराको पार्किङ कुनै पालिका विशेषको होइन । त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ ।”
मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । उनले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन् ।