जोडिनुहोस
  • होमपेज
  • धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढिरहेको भन्दै पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । सन् २०२३–२४ मा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन जारी गर्दै आयोगले यस्तो चिन्ता व्यक्त गरेको हो ।

उक्त प्रतिवेदनमा अहमदिया समुदायको समाधिस्थलमाथि आक्रमणका घटना बढेको, धार्मिक अल्पसङ्ख्यकको घर र प्रार्थानास्थलमाथि तोडफोड गरिएको, उनीहरुलाई बिना कारण नियन्त्रणमा लिने र जबरजस्ती धर्मान्तरण गर्ने घटना बढ्दै गएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा समीक्षा अवधिमा ७ सय ५० भन्दा धेरै जनालाई ईश निन्दाको आरोपमा पक्राउ गरिएको समेत जनाइएको छ ।

त्यसैगरी, धार्मिक आस्थाकै कारण ४ जनाको हत्या भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी, आयोगले अरु धर्मका व्यक्तिलाई लक्षित गरी दुष्प्रचार फैलाउनका लागि सामाजिक सञ्जालको प्रयोग बढिरहेको समेत औँल्याएको छ ।

कतिपय अवस्थामा धार्मिक आस्थाकै कारण आक्रमणको सिकार भएकाहरूले विभिन्न प्रशासनिक झन्झटको सामना गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ ।

धेरै टिप्पणी गरिएका