जोडिनुहोस
  • होमपेज
  • धोबीखोला करिडोर: गर्मीको मौसम र रंगिन फूलहरूको संगम (फोटो फिचर)

धोबीखोला करिडोर: गर्मीको मौसम र रंगिन फूलहरूको संगम (फोटो फिचर)

गोरख रावत,काठमाडौं । बसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यका खोलाकिनार र आसपासका क्षेत्रहरू रंगिन फूलहरूले भरिएका छन्। चैत्र र बैसाख महिनामा पर्ने बसन्त ऋतुमा रुखका पुराना पातहरू झरी नयाँ पात र फूल पलाउँछन्। यस ऋतुको परिवर्तनसँगै, गर्मीको मौसम सुरु भए पनि फूलहरूले वातावरणलाई ताजगी र सौन्दर्यपूर्ण बनाएका छन्।

काठमाडौंका खोला किनारका रुखमा नयाँ पालुवा लाग्दै छन्। पालुवासँगै फुलेका रंगीन फूलहरूले उपत्यकाका सडक र बगैचाहरूलाई रमाइलो र आकर्षक बनाएका छन्। यस समयमा, विशेषगरी धोबीखोला करिडोर आकर्षक र हराभरा बनेको छ। यहाँको मुख्य आकर्षण भनेको फुलेका विभिन्न प्रकारका फूलहरू र हरियाली वातावरण हो। गर्मीको मौसममा खोला केही दुर्गन्धित भए पनि, फूलहरूले त्यसलाई छोप्दै वातावरणलाई अझै आकर्षक र सौन्दर्यपूर्ण बनाएका छन्।

धोबीखोला करिडोरमा गुलाब, जाईफूल, मटर र गुड़ालका रंगीचंगी फूलहरू फुलिरहेका छन् जसले यस क्षेत्रमा रमाइलो दृश्य सिर्जना गरेको छ। यसका साथै, हरियाली र बगैचा पनि यो क्षेत्रमा रौनक थप्दै छन्। प्रकृतिको यो परिवर्तन, जहाँ पुराना पातहरू झरिरहेको र नयाँ पालुवा पलाइरहेको छ।

तस्विर : सगरमाथा टेलिभिजन

धेरै टिप्पणी गरिएका