
काठमाडौं । ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिने भएको छ ।
नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको प्रयास थालिएको हो ।
कारखानामा रहेका मजदुर बाढी आएपछि त्यहीँ फसेका हुन् । कारखानामा कम्तीमा ३० देखि ४० जना मजदुर रहेकाे प्रहरीले जनाएकाे छ ।