जोडिनुहोस
  • होमपेज
  • नासाद्वारा अन्तरिक्ष स्टेशन मिसनका लागि नयाँ चालक दलको सूची सार्वजनिक

नासाद्वारा अन्तरिक्ष स्टेशन मिसनका लागि नयाँ चालक दलको सूची सार्वजनिक

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० मा आफ्नो आउँदो अभियानका लागि चार सदस्यीय चालक दलको सूची सार्वजनिक गरेको छ । ‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ ।

मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष यात्री मिसन विशेषज्ञ ओलेग प्लेटोनोभ सामेल हुनेछन् । नासाका अनुसार यो मिसन सन् २०२५ जुलाई भन्दा पहिले प्रक्षेपणको तयारी छ ।

यो उडान नासाको व्यावसायिक क्रू कार्यक्रमको एक भागको रूपमा स्पेसएक्ससँग स्टेशनमा ११ औं हुनेछ । नासा चालक दलले वैज्ञानिक अनुसन्धान र टेक्नोलोजी प्रदर्शन सञ्चालन गर्ने जनाएको छ ।

धेरै टिप्पणी गरिएका