
नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रका निर्माण व्यवसयीहरुलाई उद्धार कार्यमा सघाउन आग्रह गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघले प्रभावित क्षेत्रका निर्माण कम्पनीहरूलाई आ–आफ्ना यन्त्र उपकरणसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापना कार्यमा जुट्न आह्वान गरेको छ । महासंघले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई गम्भीर भएर उद्धार तथा घाइतेहरुको उपचारमा जुट्न समेत ध्यानाकर्षण जनाएको छ ।