
काठमाडौँ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् ।
टसका क्रममा बोल्दै ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरे । उनले १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको पनि जानकारी दिए ।
त्यस्तै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले आफूहरुले टस जितेको भए, ब्याटिङ नै रोज्ने बताए । उनले १७० रनभन्दा कमको स्कोर पछ्याउन सकिने आत्मविश्वास पनि जनाए । आजको खेल रोमाञ्चक हुने उनको भनाई थियो ।